पूर्वगृहमन्त्री गुरुङसँग बयान, समितिको प्रतिवेदन चाँडै
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लागेको आर्थिक अनियमितताको आरोप सम्बन्धी छानबिनले तीव्रता पाएको छ। गठित छानबिन समितिले बुधबार गुरुङसँग प्रारम्भिक बयान लिएको हो।
समितिले दीपक भट्टको स्वामित्वमा रहेका ‘लिबर्टी माइक्रो इन्स्योरेन्स’ र ‘स्टार माइक्रो इन्स्योरेन्स’ मा खरिद गरिएको संस्थापक सेयरबारे जानकारी लिएको जनाएको छ।
गुरुङको नाममा ५० लाख रुपैयाँ बराबरको सेयर देखिएपछि रकमको स्रोतबारे प्रश्न उठेको थियो। त्यसलगत्तै उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
गुरुङले भने आफूले ऋण लिएर सेयर खरिद गरेको दाबी गरेका छन्। समितिका अनुसार अनुसन्धान अझै जारी रहेकाले आवश्यक परे थप बयान लिइनेछ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठित तीन सदस्यीय समितिले हाल अन्तिम चरणको अनुसन्धान गरिरहेको जनाएको छ।
क्याटेगोरी : Uncategorized, राजनीति













प्रतिक्रिया