Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

विदेशमा रहेका नेपाली स्वदेश फर्कन तयारी हुनुहोस् : सभामुख अर्याल


धादिङ । सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्केर देश निर्माणमा योगदान दिन आग्रह गरेका छन्।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित सल्यानटारमा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनका क्रममा बोल्दै सभामुख अर्यालले नेपालमै सम्भावना र अवसर सिर्जना भइरहेको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धिका लागि विदेशमा रहेका नेपालीको अनुभव, सीप र लगानी आवश्यक रहेको बताए।
सभामुख अर्यालले संविधान र कानुनको पूर्ण कार्यान्वयनप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सुशासन, विकास र स्थायित्वमार्फत नागरिकमा आशा जगाउने प्रयास भइरहेको धारणा राखे।
उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै राष्ट्रिय एकता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
महोत्सवमा स्थानीयवासी, विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट