Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

बल्खुमा एक सुकुम्बासीको शव फेला, आत्महत्याको आशंका


काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खु क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ ।

बागमती नदीमाथिको पुल नजिकबाट शुक्रबार करिब ५५/५६ वर्षका इन्द्रबहादुर राईको शव प्रहरीले निकालेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राई बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएका थिए र उनी २/३ दिनदेखि परिवारको सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ ।

एसपी भट्टराईले भने, ‘उहाँको परिवार बल्खुको सुकुम्बासी बस्तीमा बस्दै आएको थाह भएको छ । उहाँ केही दिनदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्याको आशंका गरिएको छ । स्थानीयका भनाइ अनुसार बल्खु क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलाएर हटाइएपछि राईले बागमती नदीमा हाम फालेको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट