झोलामा होइन नेपाली कागजले बनेको खाममा स्वर्णिमको बजेट
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पुस्तिका झोलामा नबोक्ने भएका छन् । मन्त्रिपरिषद् बैठकबाट बजेट पारित गर्न वाग्ले अर्थमन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन पुगेका छन् ।
स्वर्णिम नेपाली कागजको खाममा रिबनले बेरेको बजेट पुस्तिका लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय पुगेका छन् ।
यसअघि कालो झोलामा बजेटको विवरण बोकेर ल्याउने परम्परा रहेको थियो भने पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमै बनेको अल्लोको झोलामा बजेट पुस्तिका लगेका थिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया