Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउन कुलमान घिसिङको सुझाव


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले देशभित्र उत्पादन भएको विद्युत्को खपत बढाउन प्रोत्साहनमुखी नीति अवलम्बन गर्न सरकारलाई सुझाव दिएका छन्।
आफ्नो धारणा सार्वजनिक गर्दै उनले विद्युत् महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउनुपर्ने बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि पाँच प्रतिशत कर लगाउने व्यवस्थाले स्वदेशी स्वच्छ ऊर्जाको उपयोग विस्तार गर्ने अभियानमा नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ।
अध्यक्ष घिसिङले उक्त व्यवस्थाले विद्युतीय चुलोलगायत विद्युत् उपकरणको प्रयोग घट्ने र उपभोक्ता पुनः एलपी ग्यासमा निर्भर हुने जोखिम बढ्न सक्ने बताएका छन्। साथै, ऊर्जा आत्मनिर्भरता र विद्युत् खपत वृद्धिलाई प्राथमिकता दिने नीतिमा जोड दिन सरकारलाई आग्रह गरेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट