Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

रवि लामिछाने भारत भ्रमणमा जाने


काठमाडौं, जेठ १६ — राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

भेटमा नेपाल–भारत सम्बन्ध, सीमा विवाद, व्यापारिक सहकार्य तथा अन्य द्विपक्षीय चासोका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ। लामिछानेको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

भारतमा बसोबास गरिरहेका नेपाली समुदायसँग भेटघाट तथा सम्बोधन गर्ने उद्देश्यसमेत भ्रमणको रहेको जनाइएको छ। भ्रमण टोलीमा दीपक बोहरा, विपिन आचार्यलगायत नेताहरू सहभागी रहनेछन्। भारत प्रवासका क्रममा प्रवासी नेपालीसँग अन्तरक्रिया तथा विभिन्न भेटघाट कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट