Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

देउवाको दु:दखद बहिर्गमन, गगनलाई फलिफाप


हिन्दीमा एउटा चर्चित उखान छ । धोवीका कुत्ता घरका न घाटका । त्यही भनाइसँग ठ्याक्कै मेल खाने पात्र हुन पूर्वधानमन्त्री शेरबहादुर देउवा । जिन्दगी चल्न त चल्या छ तर पीरै पीरमा भनेजस्तै देउवाको जिवनमा यतिखेर संकटको कालो बादल मडारिएको छ ।

सर्वाेच्च अदालतको फैसलाले देउवालाई झापड मात्रै लागेको छैन्, ७ दशक लामो राजनीतिबाट दुःखद बर्हिगमन भएको छ । शुक्रबार सर्वाेच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा गगन थापाको पक्षमा फैसला गरेको छ । अर्थात निर्वाचन आयोगको फैसलालाई नै सदर गरेको छ । सर्वाेच्च अदालतको फैसलासँगै देउवा पक्ष स्तब्ध बनेको छ । २०८२ साल देउवाको राजनीतिक जिवनका लागि निकै विर्सन लायक वर्ष बन्यो । उनको छैटौ पटक प्रधानमन्त्रीले हुने सपनामा पुर्ण विराम लाग्यो भने हुँदाखादाको सभापति पद पनि गुम्यो । त्यतिमात्रै नभएर भदौ २३ मा भएको जेनजी आन्दोलनमा देउवा दम्पतिमाथि भौतिक आक्रमण समेत भयो । अहिले देउवा दम्पति नेपाल प्रहरीको फरार सुचीमा रहेका छन् । केही दिन अघि उनीहरुमाथि पक्राउ पुर्जी जारी भएको छ ।

ज्योतिशी विद्यामा विश्वास गर्ने देउवाले अझै दुई चोटी प्रधानमन्त्री हुने आशा बोकेका थिए । यसअघि पाँच पटक मुलुकको प्रधानमन्त्री भएका देउवामा अझै राजनीतिक भोग सेलाएको थिएन । उमेरले नेटो काटेर शारिरिक रुपले कमजोर भएपनि सत्ता प्राप्तीका लागि देउवा मरिहत्ते गर्दै आएका थिए । विशेष महाधिवेशनको मुद्दालाई अगुवाई गर्ने रिस्क लिएका गगन थापा अन्ततः देशकै पुरानो प्रजातान्त्रिक पार्टीको नेतृत्वमा स्थापित भएका छन् । विशेष महाधिवेशनमा कांग्रेसमा २ पटक मात्रै नेतृत्व परिवर्तन भएको छ । २०१४ सालमा विराटनगरमा सम्पन्न कांग्रेसको पहिलो विशेष महाधिवेशनले वीपी कोइरालालाई सभापतिमा निर्वाचित गरेको थियो । भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित थापाका काँधमा अब पूर्वप्रतिवद्धता बमोजिम कांग्रेसलाई व्यवस्थित, सुदृढ र समयबद्ध बनाउने जिम्मेवारी आएको छ । थापा नेतृत्वको कार्यसमितिले आगामि असोजमा १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । महाधिवेशनलाई पार्टीभित्रको बृहद एकता महाधिवेशनका रुपमा सम्पन्न गर्नु गगनको तात्कालिक चुनौतीका रुपमा रहने देखिन्छ ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आए पनि एक पक्षको असहयोग र छोटो तयारीका बावजुद थापाले कांग्रेसलाई निर्वाचनमा होमेका थिए । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको प्रदर्शन इतिहासकै कमजोर भएको पृष्ठभूमिमा कांग्रेस सभापतिमा वैधता हासिल गरेका थापाले नियमित महाधिवेशनबाट थप चार वर्षको लागि नेतृत्वमा आउने अवसर पनि प्राप्त गरेका छन् । निर्वाचनअघिको एक प्रश्नोत्तर कार्यक्रममा थापाले नियमित महाधिवेशनपछि आफू नै कांग्रेसको सभापति हुने बताएका थिए । वैधतापछि थापाले थप अवसर पाएका छन् । पार्टी रुपान्तरणका लागि अघि सारेका नीति र कार्यक्रमलाई आफैँले नेतृत्व दिलाउने अवसर गगनलाई प्राप्त भएका छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट