भारतले घटायो पेट्रोलियम पदार्थकाे निर्यात शुल्क, अब कति लाग्नेछ ?
काठमाडौं । भारत सरकारले पेट्रोल, डिजेल र एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा लाग्ने निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाएको छ । भारतले इन्धन निर्यातमा लाग्ने विन्डफल ट्याक्स घटाएको हो। पेट्रोल, डिजेल र एटीएफ अर्थात् हवाई इन्धनमा लाग्ने निर्यात शुल्क घटाइएको छ।
पेट्रोलमा निर्यात शुल्क प्रति लिटर १.५ रुपैयाँ कायम गरिएको छ भने डिजेलमा यो १३.५ रुपैयाँ प्रति लिटर हुनेछ। एटीएफमा निर्यात शुल्क ९.५ रुपैयाँ प्रति लिटर तोकिएको छ।
यी दरहरू प्रत्येक पन्ध्र दिन (दुई हप्ताको अवधिमा) परिवर्तन गरिन्छ। यस्तो परिवर्तन कच्चा तेल, पेट्रोल, डिजेल र एटीएफको विश्वव्यापी औसत मूल्यका आधारमा तय गरिन्छ।
सामान्यतया भारत सरकारले हरेक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समीक्षा गर्छ र त्यसैअनुसार पेट्रोल, डिजेल र एटीएफमा लाग्ने निर्यात शुल्क निर्धारण गर्छ।
तर, सर्वसाधारणले प्रयोग गर्ने पेट्रोल र डिजेलमा लाग्ने पुरानै कर कायम रहनेछ। यसमा न त नयाँ कर थपिएको छ, न त कुनै कर घटाइएको छ।
निर्यात शुल्क एक प्रकारको अप्रत्यक्ष कर हो, जुन कुनै पनि देशको सरकारले आफ्नो देशबाट बाहिर (अन्य देशमा) पठाइने वस्तुहरूमा लगाउने गर्छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया