Techie IT
KTM Post
सोमबार, १८ जेठ, २०८३

एनआईसी एशियाको नेतृत्वमा फलाखु खोला जलविद्युत आयोजनामा ९५.२० करोड लगानी सुनिश्चित


काठमाडौं । एनआईसी एशिया बैंकको नेतृत्वमा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनाका लागि ९५ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ।

यस सम्बन्धमा एनआईसी एशिया बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ। आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब ३८.७४ गिगावाट आवर (जीडब्ल्यूएच) विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन तथा दिगो विकासको लक्ष्यलाई सहयोग पुर्‍याउने विश्वास गरिएको उक्त आयोजनाले देशमा स्वच्छ ऊर्जा उत्पादन वृद्धि गर्नाका साथै आर्थिक विकास र वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको बैंकले जनाएको छ।

एनआईसी एशियाले पछिल्लो समय आफ्नो लगानी पोर्टफोलियोलाई विविधिकरण गर्दै जलविद्युत क्षेत्रका परियोजनाहरूमा लगानी विस्तार गरिरहेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट