दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते, ३ जना अवस्था गम्भीर
काठमाडौं । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट कालीकोटको शुभकालिका गाउँपालिका जाँदै गरेको सुप.०१००१ च४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरबी गाउँपालिका-७ कालगौंडीमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक कालीकोटको शुभकालिका-५ का ३५र३६ वर्षका कलबहादुर रोकाय, सोही ठाउँका ३८ वर्षीय चक्र सुनार र २० वर्षीय भरत बि।क सख्त घाइते भएको जनाइएको छ । उनीहरुलाई प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
यस्तै सोही ठाउँका वर्ष २५र२६ का कलम सुनार, शुभकालिका- ४ का ३८र३९ वर्षीय मित्र सुनार, वडानम्बर ६ का वर्ष २६र२७ का समज बि.क., वडानम्बर ६ का ६० वर्षीया पुल्तिसरा बि।क। र वडानम्बर-४ का ४०र४५ का नैन सुनार पनि घाइते छन् । उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।
जिपमा ८ जना रहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया