प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । मध्यान्ह १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो ।
बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन।
बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति गर्ने सम्भावना बलियो देखिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको छनौट समितिले ४७ जना आवेदकहरूमध्येबाट चार जनाको नाम ‘सर्टलिस्ट’ सार्वजनिक गरिसकेको छ ।
सर्ट लिस्टमा परेकामा डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन्। उनीमध्ये एक जनालाई अध्यक्ष नियुक्ति गर्ने सम्भावना रहेको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया