रास्वपा काठमाडौं महानगर समितिको सभापतिमा पन्त निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं महानगरपालिकाको सभापतिमा कमल प्रसाद पन्त ‘शशि’ निर्वाचित भएका छन् ।
रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन हिजो गरेको थियो अधिवेशनबाट २५६ मतसहित पन्त सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।
सभापतिका अर्का उम्मेदवार गणपति लाल श्रेष्ठले १७९ मत ल्याए । पन्त ०७९ देखि नै काठमाडौं महानगर कमिटीको संयोजक थिए ।
सम्पदा क्षेत्रमा काम गर्दै आएका श्रेष्ठ रास्वपा प्रवेश गरी महानगर सभापतिमा प्रतिस्पर्धा गरेका थिए। निर्वाचन समितिका अनुसार अधिवेशनका प्रतिनिधिको संख्या ५२७ थियो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया