समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुको नामावली सार्वजनिक गर्दै उनीहरुले लुकाएको सम्पत्ति तथा रकमबारे सूचना दिन सर्वसाधारणसँग अनुरोध गरेको छ।
समितिले सार्वजनिक गरेको विवरणमा सहकारीका सञ्चालकहरुले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिका नाममा सम्पत्ति वा रकम लुकाएको भए त्यसबारे जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ।
समितिले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक भएका सञ्चालकहरुले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति वा रकम लुकाएको जानकारी भएमा यस कार्यालयमा सूचना गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’
समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरुलाई सम्बन्धित संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति तथा अन्य स्रोत साधनको पहिचान गरी व्यवस्थापन गर्न तथा नियमित रूपमा समितिसँग सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन प्रक्रियामा सहयोग गर्न समेत आग्रह गरेको छ।
अन्यथा कानून बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ। त्यसैगरी सार्वजनिक विवरणमा कुनै त्रुटि वा अद्यावधिक गर्नुपर्ने अवस्था भएमा समितिको कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
समस्याग्रस्त २३ सहकारीका सञ्चालकहरुको नामावली :
https://www.coopmc.gov.np/content/13263/details-of-available-names-of-directors-of/
क्याटेगोरी : समाचार













प्रतिक्रिया