राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूची)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।
महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् ।
राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।
बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।
जनताकेन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिएपनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नुपरेको उनीहरूको भनाइ छ । केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई पार्टीको मूल नेतृत्व ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने प्रचण्ड सरकारको न्यूनतम साझा कार्यक्रमको साझेदार बनेकोप्रति आपत्ति जनाइएको छ ।
विचलन, विरोधाभाष एवं भनाइ र गराइ बीचको अनमेलले जनताबाट दण्डित भएको विज्ञप्तिमा लेखिएको छ । संस्थापक नेताहरूको अपमान र नयाँ पुस्ताको अवमूल्यन भएको महसुस गर्दै उनीहरूले राजसंस्था पुनस्र्थापनाको आन्दोलनलाई नेतृत्वले नै कमजोर बनाएको आरोप लगाउँदै आजकै मितिबाट पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका छन् ।
२०८२ को निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको उनीहरूको ठहर छ । विधान पालना हुनुपर्छ भन्ने आवाज उठाउँदा उल्टै कारबाही भोग्नुपर्ने र जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णयसमेत उल्लंघन हुनुले पार्टीमा बस्ने वातावरण नरहेको वक्तव्यमा उल्लेख छ ।
पार्टी परित्याग गर्नेको सूची:






क्याटेगोरी : राजनीति













प्रतिक्रिया