नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम ५ अर्ब ७७ करोड
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक १७.९१ अंक घटेर २८०७.३१ विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ९५ हजार ८०० पटकको कारोबारमा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ३० लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशत बढेको हो। यस िदिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशत घटेको छ भने जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने नेशनल हाइड्रोपावरको करिब साढे २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने एशियन हाइड्रोपावरको शेयरमूल्य करिब ११ प्रतिशत र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया