Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

नेपालमा विश्वकप फुटबलको क्रेज : पसलमा जर्सी किन्नेहरूको भिड


काठमाडौं । फुटबलको महाकुम्भ फिफा वर्ल्ड कप २०२६ आज जुन ११ देखि सुरु हुँदै छ। अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन्।

विश्वका फुटबल प्रेमीलाई चासो छ- जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला ? यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदै छ र ३९ दिनसम्म सञ्चालन हुनेछ । विश्वकप फुटबलमा ४८ राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन्।

विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठुलै क्रेज छ। नेपालीहरूलाई विश्वकप राम्रैसँग लागिसकेको छ। यसको सङ्केत बजारले पनि गर्छ। पसलहरूमा विभिन्न देशको जर्सी किन्नेहरू बाक्लै देखिन्छन्।

फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि हालिरहेका छन्। बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन्। तीन-चार सयदेखि तीन-चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन्।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट