Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

माइतीघर पुगेर गृहमन्त्रीले दिए पीडितहरूलाई माग सम्बोधन गर्ने आश्वासन


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा धर्ना दिइरहेका विभिन्न पीडित पक्षहरूसँग भेटघाट गरेका छन्। विभिन्न माग राखी लामो समयदेखि आन्दोलनरत र धर्नामा बसेका पीडितहरूको गुनासो सुन्न गृहमन्त्री स्वयं माइतीघर पुगेका हुन्।

भेटका क्रममा गृहमन्त्री गुरुङले पीडितहरूका समस्यालाई राज्यले गम्भीरतापूर्वक लिएको बताउँदै उनीहरूको न्यायका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘तपाईंहरूको धैर्यताको उच्च कदर गर्छु। राज्य तपाईंहरूको साथमा छ, अब समस्याको उचित समाधान खोजिनेछ,’ उनले भने।

पीडितहरूले लामो समयदेखि आफ्ना माग सुनुवाइ नभएको भन्दै गुनासो राखेका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट