गोदावरी नदीले बगाउँदा दुई महिलाको मृत्यु
धनगढी। कैलालीको गोदावरी नगरपालिका-४ मा गोदावरी नदी तर्ने क्रममा बाढीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको दुःखद मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मृत्यु हुनेहरूमा सोही वडाका ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमला रहेका छन्।
बिहानै घरबाट च्याउ टिप्नका लागि निस्केका उनीहरूलाई चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण गोदावरी नदीमा आएको अचानकको बाढीले बगाएको हो।
घटना लगतै खोजी कार्यमा जुटेको प्रहरी टोलीले दुवै जनाको शव गोदावरीस्थित आर्यघाट नजिकै फेला पारेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी उपरीक्षक हिरासिंह महराले जानकारी दिएका छन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया