५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ५ हजार ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १ सय ९० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया