परराष्ट्रमन्त्रीको दिल्ली भ्रमणमा सीमा विवाद नउठाइएको भन्दै राप्रपा सांसद खुस्बु ओलीको आपत्ति
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको हालै सम्पन्न भारत भ्रमण र नेपाल-भारत सीमा विवादको विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै कडा आपत्ति जनाएकी छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा सम्बन्धी गम्भीर मुद्दालाई स्पष्ट रूपमा उठाउन नसकेको आरोप लगाइन्।
उनले परराष्ट्रमन्त्रीको भनाइप्रति असहमति जनाउँदै काठमाडौंबाट दिल्ली प्रस्थान गर्दा पत्रकारहरूलाई यो विषयमा पछि बोल्ने बताए पनि दिल्लीमा आयोजित औपचारिक वार्ताहरूमा कहीँ कतै सीमाका विषय नउठाइएको दाबी गरिन्। भ्रमणअघि पन्छिन खोजेका मन्त्रीले दुई देशबीचको उच्चस्तरीय र औपचारिक छलफलमा सीमा विवादबारे कुनै कुरा नगरेको उनको भनाइ छ।
सांसद ओलीले नेपाली पक्षबाट जारी गरिएका आधिकारिक प्रेस विज्ञप्तिहरूमा समेत सीमा विवादसम्बन्धी विषय उल्लेख नभएको भन्दै सरकारको आलोचना गरिन्।
दिल्ली भ्रमणपछि काठमाडौं फर्किएर सार्वजनिक गरिएको प्रेस नोटमा समेत यस विषयमा एक शब्द पनि समावेश नगरिएको र पछि पत्रकारहरूले सोधपुछ गरेपछि मात्रै मन्त्री सीमासम्बन्धी विषयमा प्रतिक्रिया दिन बाध्य भएको उनले बताइन्।
संसद्मा बोल्दै उनले परराष्ट्रमन्त्रीले राष्ट्रिय महत्त्वको सीमा विवादलाई प्राथमिकतामा नराखेको टिप्पणी गरिन्। म
न्त्रीले देशको मूल सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुको साटो संसद्मा समेत केवल नियमित सीमा व्यवस्थापन, जस्तै जंगी पिल्लरको मर्मत सम्भार र नियमित बैठकजस्ता प्राविधिक विषयलाई मात्र उठाएर झारा टारेको सांसद ओलीको आरोप छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया