Techie IT
KTM Post
आईतबार, ३१ जेठ, २०८३

हिल्सा नाका हुँदै एक महिनामै ३ हजारभन्दा बढी भारतीय तीर्थयात्री मानसरोवर पुगे


काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित पवित्र कैलाश–मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्रीको आगमन तीव्र रूपमा बढेको छ।

अध्यागमन कार्यालय हिल्साका अनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्मको एक महिनाको अवधिमा ३ हजार ४४ भारतीय तीर्थयात्री हिल्सा नाका हुँदै मानसरोवर पुगेका छन्। तीमध्ये १ हजार ४५६ पुरुष र १ हजार ५८८ महिला रहेका छन्।

सिमकोट विमानस्थल हुँदै यस वर्ष वैशाख २५ देखि तीर्थयात्रीहरू आउन सुरु भएको हो। पछिल्ला दिनमा भारतीय तीर्थयात्रीको संख्या बढ्दै गएको देखिएको छ।

त्यसैगरी, हिल्सा नाका हुँदै चीनको ताक्लाकोट जाने नेपाली तीर्थयात्रीको संख्यामा पनि वृद्धि भएको छ। वैशाखयता मात्र ७५२ जना नेपाली तीर्थयात्री ताक्लाकोट पुगेको प्रहरी चौकी हिल्साले जनाएको छ।

तीर्थयात्रीको चाप बढेसँगै हिल्सा नाकाका होटलहरू भरिभराउ हुन थालेका छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट