बैतडीमा वडा कार्यालयमा तोडफोड गरेर ल्यापटप चोरी
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका(४ को कार्यालयमा चोरी भएको छ । आइतबार राति वडा कार्यालयको छतको ढोका फुटाएर ल्यापटप चोरी गरेको हो ।
छतमा गएर उक्त काठको ढोका फुटाएर सिसिटिभी क्यामेराको तार पनि चुडाएर चार्जरसहित ल्यापटप चोरी भएको छजनाइएको छ ।
चोरीको विषयमा प्रहरीलाई जानकारी गराएलगत्तै टोलि खटिएको र अनुसन्धान भइरहेको जनाइएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया