Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

चिनियाँ विदेशमन्त्री यीसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डामा छलफल हुने


काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै छन् ।

मन्त्री खनालले आज साँझ यीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको चीनस्थित नेपाली दूतावासका अधिकारीले जानकारी दिएका छन् । मन्त्री खनाल चारदिने भ्रमणका लागि शनिबार राति बेइजिङ गएका हुन् ।

आइतबार साँझ नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा मन्त्री खनालले नेपालीहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा मन्त्री खनालले चीनमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

मन्त्री खनालले चिनियाँ समकक्षीसँग बीआरआई परियोजनाको विषयमा पनि कुरा सक्ने संकेत गरेका थिए । उक्त अन्तरक्रियामा मन्त्री खनालले पर्यटन, व्यापार, पूर्वाधार र कनेक्टिभिटीलाई प्राथमिकता राखेर छलफल गर्ने बताएका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट