Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

९ महिनामा निर्जीवन बीमकको कुल व्यापार साढे ३६ अर्ब माथि, कुनले कति गरे ?


काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल साढे ३६ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्म २२ लाख ९ हजार ९८६ वटा बीमा पोलिसी बिक्री गरी कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । एनएलजी इनस्योरेन्स कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

त्यस्तै, प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट