Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

फेरी सुरु भयो डोजर आंतक, सुकुम्वासी बस्तीमा मच्चीयो खैलाबैला


काठमाडौं । प्रधानमन्त्री बालेन साहको निर्देशनमा फेरी डोजर आतंक सुरु भएको छ । काठमाडौंको मेयर हुँदा पनि सुकुम्बासी वस्तीमा डोजर चलाएर बिच्चली पारेको भन्दै बालेनको आलोचना भएको थियो । प्रधानमन्त्री बनेपछि सुकुम्वासी वस्ती हटाउने श्रींखलालाई निरन्तरता दिएका छन् ।

योजना विना सुकुम्बासी वस्तीमा डोजर चलाउदा सरकार झन आलोचित हुने देखिन्छ । बुधबार मात्र बालेनले काठमाडौंको थापाथलीमा रहेको सुकुम्वासी वस्तीमा डोजर चलाउन निर्देशन दिएका छन् । पछिल्लो सयम देशभरि नै डोजर आंतक बढदै गएको छ ।

विभिन्न स्थानीय तहले विना योजना डोजर चलाउँदा सुकुम्वासीको बिच्चली भएको छ । डोजरकै कारण उनीहरु घरबार विहिन भएर सडकमा आउनु पर्ने अवस्था सिर्जना भएको छ । सबैभन्दा उद्देक लाग्दो कुरा त के छ भने सुकुम्वासी वस्ती खालि गर्ने क्रममा नगर प्रहरी स्थानीयमाथि दादागिरीमा शैली प्रस्तृत हुँदै आएका छन् । नगर प्रहरीले गरेको योे ज्यादतीले राणाकाल र पञ्चायत कालको समेत झल्को दिएको छ ।

केही दिन अघि नगरी प्रहरीले सुकुमवासी बस्ती खाली गराउनका लागि महिलाको घाटी निमोठेको भिडियो सार्वजनिक भएको थियो । दुई छाक खान धौधौ पर्ने समुदायका मानिसमाथि प्रहरीले चलाएको यो किसिमको हैकम ज्यादै टिठ लाग्दो छ । संविधानले नै गासँ, वास र कपासलाई मौलिक हकको रुपमा समोशव गरेको अवस्थामा कसैको उठिवास हुने गरी वस्तीमा डोजर चलाउनु सान्र्दभिक छैन् ।

भुई मान्छेको जिवन स्तर परिवर्तन गर्न बनेको रास्वपा सरकारले नागरिकको उठिवास हुनेगरी डोजर चलाउन थालेको छ । निर्वाचनको बेला पार्टी सभापति रवि लामिछानेले सुकुम्वासी वस्तीमा डोजर चलेमा छाति थाप्ने सम्मको अभिव्यक्ति दिएका थिए । तर, अहिले धमाधम डोजर चल्दा पनि रवि मौन देखिएका छन् ।

सुकुम्वासीहरुको उचित व्यवस्थापन नगरी बस्तीमा डोजर चलाउन हुँदैन भन्ने माग भएपनि सरकारले त्यसलाई अटेरी गर्दै आएको छ । सुकुम्वासी वस्तीलाई योजनाबद्ध ढंगले हटाउनुको विकल्प छैन । वस्ती हटाउदा नगर प्रहरीको हर्कत पनि सह्य नहुने खालको छ । सुकुम्वासीको गाँस, वासमा लात लाग्ने हिसावले भइरहेको डोजर आतंक तत्काल बन्द गर्नु पर्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट