एमाले संसदीय दलको उपनेतामा अर्याल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताए । एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन्।
पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया