Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

पेट्रोल र डिजेलको मूल्य स्थिर


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको उपभोक्ता मूल्यमा कुनै फेरबदल नगर्ने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका बीच स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्नुपर्ने भए तापनि निगमले हाललाई साविककै मूल्यलाई कायम राखेको निगमले जनाएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट