रास्वपाले सार्वजनिक गर्यो प्रथम महाधिवेशनको आधिकारिक लोगो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।
रास्वपाले चितवनमा यही असार ७ देखि ९ गतेसम्म प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। चार वर्ष अघि २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा भएको थियो।
स्थापनाकै दिनको अवसर पारेर रास्वपाले महाधिवेशन गर्न लागेको हो। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया