एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । एपोलो हाइड्रोपावरको आईपीओ आज चैत ११ गते बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा आईपीओ बाँडफाँट गरिएको हो।
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि चैत २६ गतेदेखि वैशाख २ गतेसम्म निष्कासन गरिएको थियो। सर्वसाधारणका लागि कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्री खुला गरिएको थियो।
क्यापिटलका अनुसार यो आईपीओमा २७ लाख ७१ हजार १८ आवेदकबाट कुल ३ करोड ३ लाख ५५ हजार १३० कित्ता शेयर माग भएको थियो। जसमा २७ लाख २७ हजार ११७ आवेदकबाट माग भएको २ करोड ९३ लाख ५१ हजार ३८० कित्ता शेयर सदर भएको छ भने ४३ हजार ९०१ आवेदकबाट माग भएको ५ लाख ३ हजार ७५० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७८ हजार २० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यसअनुसार सदर आवेदकमध्ये २६ लाख ४९ हजार ९७ आवेदकको हात खाली भएको छ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया