Techie IT
KTM Post
मंगलबार, २३ असार, २०८३

मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक, आजै आउने सम्भावना


काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको मस्यौदा तयार गरी व्यवस्थापनसमक्ष पेश गरेसँगै आजै नीति सार्वजनिक हुने सम्भावना बढेको हो।

राष्ट्र बैंकले मस्यौदामाथि छलफल गर्न व्यवस्थापन बैठक बोलाएको छ। व्यवस्थापनबाट स्वीकृत भएपछि सञ्चालक समितिको बैठक बस्नेछ। सञ्चालक समितिबाट अनुमोदन भएपछि मौद्रिक नीति औपचारिक रूपमा सार्वजनिक गरिने तयारी गरिएको जनाइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। सोही लक्ष्यलाई टेवा पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अपेक्षा गरिएको छ।

यस वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रलाई सहजीकरण, कर्जाको विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा वित्तीय क्षेत्रको स्थायित्वलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट