बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्कसम्बन्धी कस्तो छ व्यवस्था ?
काठमाडौं । बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्कबारे बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनमा स्पष्ट व्यवस्था गरिएको छ।
ग्राहकले बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा वा बन्द गर्दा कति शुल्क लाग्ने भन्ने जिज्ञासा रहेको हुन्छ। यसबारेमा नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा व्यवस्था गरेको छ। सोही व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट खाता खोल्दा वा बन्द शुल्क लिन पाउँछन् कि पाउँदैन भन्ने स्पष्ट पारिएको छ।
यस्ता छन् व्यवस्था
क) बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा (गुड फर पेमेन्ट चेकसमेत), चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा (ब्यालेन्स सर्टिफिकेट), खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन नपाइने । तर, ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटकभन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको नमानिने।
ख) ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन नपाइने।
ग) कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दातभन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन नपाइने । साथै, न्यूनतम मौज्दातबापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्ने।
खण्ड (क), (ख) र (ग) बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराएको हुनुपर्ने ।
ङ) नेपाली मुद्रामा विद्युतीय कार्डहरु जारी गर्दा सुरुमा लिइने शुल्कबाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन नपाइने।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया