Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

३८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ३८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट