Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

३ हजार ३ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ३ हजार ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ८५ सय रुपैयाँमा कारोबार भएको थियो।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट