नेप्सेको पुनर्संरचना अघि बढाइने
काठमाडौं । सरकारले नेप्सेको पुनर्संरचना अघि बढाइ इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात गरिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचना अघि बढाइ इन्ट्राडे, सर्टसेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्ने उनले बताए ।
पुँजीबजारलाई मर्यादीत र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण प्रणाली सुदृढ बनाइने पनि उनले उल्लेख गरे ।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया