घटयो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुनको मुल्य प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले घटेर २ लाख ९९ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया