१८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १८ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोलाको ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया