देशकै उत्कृष्ट अस्पताल बन्यो भरतपुर अस्पताल
काठमाडौं । देशभरका संघीय अस्पतालहरु मध्ये भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट बन्न सफल भएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै संघीय अस्पतालहरु मध्ये ८९ अंकसहित उत्कृष्ट बन्न सफल भएको छ ।
भरतपुर अस्पतालले गत वर्ष ८८ नम्बर पाएकोमा यसपटक १ नम्बर थपेर ८९ अङ्क प्राप्त गर्दै ग्रिन जोनमा यथावत रहिरहन सफल भएको हो । भरतपुर अस्पताल प्रथम हुँदा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ७७ अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक बनेका डा। श्रीराम तिवारीले भरतपुर अस्पतालका देशभरका १४ वटा संघीय जनरल अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताए । मन्त्रालयले अस्पतालको सेवा गुणस्तर मापनका लागि १४ सय ९७ विभिन्न सूचकहरु बनाएको बताए ।
६ सय शैय्याको भरतपुर अस्पतालमा दैनिक २५ सयदेखि ३ हजारसम्म बहिरंग सेवाका लागि बिरामी आउने गर्दछन् । अस्पतालले १४ वटा सुपरस्पेसलिष्ट कार्यक्रम चलाएको जनाइएको छ ।
क्याटेगोरी : स्वास्थ्य/जीवन शैली













प्रतिक्रिया