KTM Post Logo
KTM Post Logo

यस्तो पो मेयर ...... !

📰
KTM Post
  • भवानी बराल

 यो हो ग्रेपभाइन । पहिले कृषिप्रधान बस्ती । आज पर्यटन र इतिहासको केन्द्र ।

texas_01

टेक्सास, फोर्ट वर्थमा ग्रेपभाइन (Grapevine) नामको परम्परागत शहर छ । यो शहरमा लामो समयदेखि विलियम डगलस ताते (William D. Tate) नामका मेयर छन । ताते टेक्सास ग्रेपभाइन शहरका मेयर हुन्  । उनी अमेरिकाकै सबैभन्दा लामो समय सेवा गर्ने नगर प्रमुखहरुमध्ये एक मानिन्छन् ।

ग्रेपभाइन, टेक्सासमै जन्मे हुर्केका विलियम वकालत गर्थे।  उनी टेक्सास स्टेट बार तथा अमेरिकन बार एसोसिएसनका सदस्य पनि हुन् । सन् १९६९-१९७२ मा ग्रेपभाइन शहरका नगर कानुनी सल्लाहकार नियुक्त भए । सन् १९७२ मा सिटि काउन्सिल सदस्यमा निर्वाचित भए । सन् १९७३ मा पहिलो पटक मेयर निर्वाचित भए र १९८५ सम्म मेयर रहे । सन् १९८८ मा निर्वाचित भए र सन् २०२७ सम्म उनको कार्यकाल छ ।

उनको नेतृत्वमा ग्रेपभाइनको रुप फेरिएको छ । सानो कृषिप्रधान बस्तीलाइ व्यापार, पर्यटन र मनोरञ्जनको केन्द्र बनाउने भूमिका गरे । ऐतिहासिक मूख्य गल्ली (Main Street) क्षेत्रको संरक्षण र पुनर्जीवन दिए । डलास फोर्ट वर्थ अन्तराष्ट्रिय हवाइ अड्डा (Dallas Fort Worth International Airport) सँग सम्बन्धित आर्थिक विकासलाई प्रवर्धन गरे । होटल, रिसोर्ट, वाइन उद्योग, पार्क र सांस्कृतिक कार्यक्रमहरुको विस्तार गरे । ग्रेपभाइन मिल्स, गेलार्ड टेक्सन रिसोर्ट र कन्भेन्सन सेन्टर (Grapevine Mills, Gaylord Texan Resort & Convention Center) जस्ता प्रमुख परियोजनाहरुको विकासकालमा नगर नेतृत्व प्रदान गरे । थुप्रै पुरस्कार र सम्मान प्राप्त गरे । मेयर विलियम, ग्रेपभाइन शहरलाई सानो कृषि बस्तीबाट अन्तर्राष्ट्रिय स्तरको पर्यटन, व्यापार र मनोरञ्जन केन्द्रमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने दीर्घकालीन मेयरका रुपमा परिचित छन् ।

हामीलाइ छिमेकी भेरोनिका वुड ब्लेयरले उक्त परम्परागत तर आधुनिक सुविधासम्पन्न शहरको संग्राहलय देखाउन लगेकी थिइन । त्यो संग्राहलयमा विलियमले सुन्दर शहर निर्माण गरेको विद्युतीय डमी देख्ने मौका मिल्यो । यो विद्युतीय डमीबाट ग्रेपभाइन नगरको आँखोदेखा अनुभूती गर्ने मौका पाइयो । मेयर विलियमको परम्परागत कार्यालय फर्निचर हेर्दा हाम्रो गाउँपालिकाको वडाध्यक्षको भन्दा पनि सामान्य थियो । सामान्य बसाइ उच्च विचार (Simple Living High Thingking) कसरी निर्माण हुन्छ भन्ने यो पनि एउटा मिसाल नै हो ।

texas_02

संक्षेपमा ग्रेपवाइन (Grapevine), टेक्सासको इतिहास (अनुवाद)

सुरुवात र नामकरण

ग्रेपवाइन ट्यारान्ट काउन्टीको सबैभन्दा पुरानो बस्तीमध्ये एक हो। यसको नाम यस क्षेत्रमा धेरै मात्रामा पाइने जंगली मस्ट्याङ अंगूर (Mustang grapes) बाट आएको हो। यो ठाउँ ग्रेपवाइन प्राइरे र ग्रेपभाईन स्प्रिङ् (Grape Vine Prairie र Grape Vine Springs) नजिक छ।

सन् १८४३ मा टेक्सास गणतन्त्रका राष्ट्रपति सैम ह्युस्टन ले १० वटा आदिवासी जनजातिसँग शान्ति सम्झौता गर्न ग्रेप भाइन स्प्रिङ्समा भेला भएपछि यो सम्झौता बर्डस फेर्ड ट्रिटी (Bird’s Fort Treaty) को रुपमा हस्ताक्षर भयो । यसले उत्तर टेक्सास बसोबासका लागि खुला बनायो । सन् १८४४ मा पहिलो स्थायी सेटलरहरु आए । मूख्य रुपमा मिसौरीको “मिसौरी कोलोनी” का स्कटिश-आइरिश परिवारहरु डेन्टन क्रीक नजिक बसे ।

सहरको स्थापना

सन् १८५४ जज जेम्स ट्रेसी मोरहेड, आर्चिबाल्ड फ्र्याङ्कलिन लियोनार्ड र अन्यले सहरको योजना बनाए र पोस्ट अफिस खोले । नाम  ग्रेप भाइन (Grape Vine) (दुई शब्द) राखियो । सन् १९०७ फेब्रुअरी १२ मा आधिकारिक रुपमा नगरपालिका (incorporated) भयो । पहिलो मेयर बार्ट एच. स्टार सीनियर बने । १९१४ मा अमेरिकी पोस्ट अफिसले नामलाई दुबै शब्द मिलाएर एक शब्द ग्रेपवाइन (Grapevine) बनायो ।

शताब्दीको लगातार विकास

१९    औं शताब्दीको सुरुमा गाईवस्तु पालन मूख्य व्यवसाय थियो । पछि कपास खेती प्रमुख बन्यो । सन् १८८८ मा कटन बेल्ट रेलवे (Cotton Belt Railroad) आयो । यसले ग्रेपवाइनलाई कृषि व्यापार केन्द्र बनायो । मेन स्ट्रिटमा ईंटका भवनहरू बने, होटल, स्टोर, स्कूल, चर्च आदि खुले । सन् १८८० को दशकमा जनसंख्या करिब ५५० थियो । २० औं शताब्दी सन् १९५२ ग्रेपवाइन ताल (Lake Grapevine) बने । सन् १९७४ डल्लास-फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थल (DFW Airport) खुल्यो। यसले सहरको द्रुत विकास सुरु गर्‍यो । सन् १९४० मा करिब एक हजार जनसंख्या रहेको यो क्षेत्रमा क्रमस: सन १९७० मा करिब ७ हजार सन् १९९० मा करिब २९ हजार र २०२० को दशकमा ५० हजारभन्दा बढी भयो ।

आधुनिक ग्रेपभाइन

मेयर विलियम डी. तातेको लामो नेतृत्वमा सहरले पर्यटन, आतिथ्य र मनोरञ्जन उद्योगमा जोड दियो । ग्रेपवाइन मिल्स, बास प्रो शप्स, गेलर्ड टेक्सन रिसोर्ट, वाइनरीहरु, भिन्टेज रेलरोड र मूख्य सडकका ऐतिहासिक भवनहरूले यसलाई आकर्षक गन्तव्य बनाएको छ । सहरले आफ्नो ऐतिहासिक चरित्र जोगाउँदै आधुनिक विकास गरेको छ ।

मेयरले के गरे ?

मेयर तातेले ऐतिहासिक मौलिकता र आर्थिक रणनीतिलाई जोडेर विकासलाई अगाडि बढाए । ग्रेपभाइन मिल्सको सुरुवात, बास प्रो शप्स आउटडोर वर्ल्डको आगमन र गेलर्ड टेक्सन रिसोर्ट एन्ड कन्भेन्सन सेन्टरको उद्घाटनले सहरको आर्थिक आधार फराकिलो बनायो। त्यसपछि थुप्रै वाइनरी टेस्टिङ रुम, विश्वप्रसिद्ध उत्सवहरु र ग्रेपवाइन भिन्टेज रेलरोडको सफल सञ्चालनले ग्रेपवाइनलाई मनोरञ्जन गन्तव्यको रूपमा चिनायो।

मेयर तातेले पर्यटकबाट आएको आम्दानीलाई ग्रेपभाइनका नागरिकहरुको जीवनस्तर उकास्न प्रयोग गरे। यसमा राम्रा सडक, सामुदायिक सेवा, पार्क, मनोरञ्जन सुविधा, पदमार्ग, पुस्तकालय, प्रहरी र अग्नि सुरक्षा समावेश थिए ।

ग्रेपभाइनका बासिन्दाहरुले शहरी सुविधा पाउँछन् तर सम्पत्ति कर कम छ, किनकि अधिकांश बिक्री कर पर्यटकबाट आउँछ । मेयर ताते भन्न रुचाउँछन्: “मानिसहरुले कम कर तिरेर बढी सेवा चाहन्छन् । यदि तपाईं त्यो दिन सक्नुहुन्छ भने उनीहरुले तपाईंलाई हरेक चुनावमा मत दिन्छन्। हामी ग्रेपवाइनमा पर्यटन उद्योगमार्फत त्यो लक्ष्य पूरा गर्न सफल भएका छौं ।”

संक्षेपमा: ग्रेपभाइन सानो कृषि बस्तीबाट सुरु भएर आज डल्लास-फोर्ट वर्थ मेट्रोप्लेक्सको महत्वपूर्ण पर्यटकीय र व्यापारिक सहर बनेको छ। यसले आफ्नो पुरानो इतिहास र आधुनिक सुविधा दुवैलाई सन्तुलनमा राखेको छ ।

सम्बन्धित समाचार

राष्ट्रसंघमा नेपालको जलवायु  कुटनीति: याचना होइन, अधिकार मागौं 1

राष्ट्रसंघमा नेपालको जलवायु कुटनीति: याचना होइन, अधिकार मागौं

दीपक पाण्डेप्रधानमन्त्री बालेन्द्र शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपालले...

इतिहास फर्किँदैन, राजनीति रोकिँदैन 1

इतिहास फर्किँदैन, राजनीति रोकिँदैन

महेश्वर दाहालइतिहास सत्ताधारीको इच्छाले लेखिँदैन । जनताको संघर्षले लेखिन्छ । राणा शासन ढल्यो । पञ्चायती व्यवस्था ढल्यो । राजतन्त्र पनि ढल्यो । किनकि...

अमेरिका र आदिवासी चिकासा 1

अमेरिका र आदिवासी चिकासा

भवानी बरालअमेरिकाको संघीय सरकारले ५७५ वटा अर्थात् संघीयरुपमा मान्यता प्राप्त आदिवासी राष्ट्र/जनजाति/गाउँलाई मान्यता दिएको छ। चिकासा राष्ट्र)...

नेपालको वर्तमान राजनीतिक यथार्थ 1

नेपालको वर्तमान राजनीतिक यथार्थ

काठमाडौं । नेपालको वर्तमान राजनीतिक परिदृश्यलाई हेर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ—सत्ता बलियो हुँदै जाँदा राज्यका संस्थाहरू पनि बलिया भएका छन् त?..