Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग


श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई उपस्थित गराउन माग गरेका छन्।रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले आफै राखेका छन्।आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह उपस्थित छैनन्।

‘मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि छलफल गर्ने भनिएको छ, रक्षा मन्त्रीलाई मैले यहाँ देखेको छैन, उहाँलाई बोलाइयोस्,’ उनले सभामुख डोलप्रसाद अर्याललाई आजको प्रतिनिधि सभा बैठकमा बोल्दै आग्रह गरे।साथै उनले प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पार्टीको माग कायमै रहेको बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट