Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

प्रतिनिधिसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ बहुमतले पारित


काठमाडौं। प्रतिनिधिसभाको आज बसेको बैठकले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।

बैठकमा उक्त विधेयकमाथि विस्तृत दफाबार छलफल हुनुका साथै सांसदहरूले उठाएका प्रश्नहरूमा सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए। त्यसपछि सदनमा प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएपछि बैठकले उक्त विधेयकलाई बहुमतका साथ पारित गरेको हो।बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनसमक्ष विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

सरकारले यसअघि जारी गरेको अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि यो नयाँ विधेयक सदनमा ल्याएको हो। यो विधेयक पारित भएसँगै मुलुकको सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र परिमार्जित बनाउन कानुनी बाटो खुलेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट