Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

छानबिनबाट सफाइपछि सुधन गुरुङलाई मन्त्री बन्ने बाटो खुल्यो, सरकारमा फर्कने तयारी


काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः मन्त्री बन्ने बाटो खुलेको छ । उनीमाथि उठाइएका सम्पत्ति, जग्गा कारोबार, सेयर लगानी, सुन तथा विदेशबाट आएको रकमसम्बन्धी विवादको छानबिन गर्न गठित समितिले गम्भीर अनियमितता नभेटिएको निष्कर्षसहित प्रतिवेदन सरकारलाई बुझाएपछि उनको पुनरागमनको चर्चा तीव्र बनेको हो ।

बालुवाटार स्रोतका अनुसार समितिको प्रतिवेदनले गुरुङमाथि लगाइएका आरोप पुष्टि नगरेकाले उनलाई पुनः मन्त्रिपरिषदमा ल्याउने विषयमा सत्ता तहमा सकारात्मक छलफल भइरहेको छ । स्रोतले भनेको छ, “समितिले गम्भीर कमजोरी वा बदनियतपूर्ण गतिविधि देखाएको छैन । त्यसैले उहाँ सरकारमा फर्किने सम्भावना बलियो बनेको छ ।”

उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनमा गुरुङको नाममा रहेका सम्पत्ति विवरण, जग्गा कारोबार, सुन तथा सेयर लगानीमा देखिएका विषयलाई सामान्य प्रशासनिक तथा प्रणालीगत कमजोरीको रूपमा व्याख्या गरिएको छ । प्रतिवेदनले राज्यका अभिलेख तथा निगरानी प्रणालीमा सुधार आवश्यक रहेको सुझावसमेत दिएको छ ।

गत वैशाखमा विवादका कारण गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङको मन्त्रालय हालसम्म प्रधानमन्त्रीले आफैंसँग राखेका छन् । नयाँ गृहमन्त्री नियुक्त नगर्नुलाई पनि गुरुङको सम्भावित पुनरागमनसँग जोडेर हेरिएको छ ।

आइतबार गृह जिल्ला गोरखामा आयोजित कार्यक्रममा गुरुङले पनि आफू पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने संकेत दिएका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट