समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गरेकालाई प्रमाण पेश गर्न आग्रह
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १३२ जना ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिका अनुसार हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १२० जना गरी कुल १३२ ऋणीको विवरण सार्वजनिक गरिएको हो।
समितिले २०८३ वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उपलब्ध अभिलेख तथा ऋण विवरणका आधारमा ऋणीहरूको नामावली सार्वजनिक गरिएको जनाएको छ।
साथै, ऋण चुक्ता गरिसकेका भए पनि सूचीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। यस्तै, ऋण भुक्तानी गर्न बाँकी रहेका ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी बक्यौता रकम बुझाउन सूचित गरिएको छ।
समितिले तोकिएको समयभित्र बक्यौता रकम भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
बचतकर्ताको हित संरक्षण तथा सहकारीको बक्यौता रकम असुली प्रक्रियालाई प्रभावकारी बनाउन ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिको भनाइ छ।
ऋणीहरूको पूर्ण नामावली समितिको वेबसाइटमा उपलब्ध छ।
ऋणीहरूको विवरण :
https://www.coopmc.gov.np/content/13269/list-of-debtors-of-our-new-agriculture/
क्याटेगोरी : राजनीति













प्रतिक्रिया