एमालेलाई थप एकताबद्ध बनाउँदै पुनर्गठनको कार्यभारलाई सफल बनाऔं– योगेश भट्टराई
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी थप एकताबद्ध बनाउन पुनर्गठनको कार्यभारलाई सफल बनाउनुपर्ने बताएका छन्।पुनर्गठन पक्षधरहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउन खोज्ने भनेपछि भट्टराई सामाजिक सञ्जालमार्फत् धारणा राखेका हुन्।
‘नेकपा एमालेलाई थप एकताबद्ध बनाऔं! पार्टी पुनर्गठनको कार्यभारलाई सफल बनाऔं,’ उनले लेखेका छन्।शनिबार गुण्डुमा नेता–कार्यकर्ता बोलाएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई ‘लोभीपापी’को संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउनसक्ने बताएका थिए।
बागमती प्रदेशका नेता–कार्यकर्तासँग पुनर्गठन कार्यदलले छलफल गरेलगत्तै अध्यक्ष ओलीले केही केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीलाई गुण्डु बोलाएका थिए। त्यहाँ उनले मध्यरातसम्म पुनर्गठन कार्यदलको बैठकमा भएको छलफलबारे जानकारी लिएका थिए।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया