चलचित्र क्षेत्रको विकासमा सहयोग गर्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।
अस्करको ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू-एलिफेन्ट्स इन द फग’को टोलीसँगको भेटमा उनले कला, संस्कृति र राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रलाई सरकारले प्रोत्साहन गर्ने बताए।
सरकारले चालु आर्थिक वर्ष चलचित्र क्षेत्रका लागि ३ करोड ५० लाख रुपैयाँ अनुदान छुट्याएको छ। चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने कार्यविधि अन्तिम चरणमा रहेको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
उनले चलचित्र विधेयकमार्फत आवश्यक नीतिगत तथा संरचनागत सुधार अघि बढाउने तयारी भइरहेको पनि बताए। अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरू–एलिफेन्ट्स इन द फगतिनीहरू’ यसअघि कान्स चलचित्र महोत्सवमा समेत पुरस्कृत भएको थियो।
सम्बन्धित समाचार
वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?
सुशील रेग्मीनेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ?..
ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ?
नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण संकेत दिएको छ । भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझै कायम छ । तर दुवै देश टकराव घटाएर...
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...
राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...




