राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका छन्।
शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर उनीहरूले आजैका मितिदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिनेहरूमा महासचिव झाका साथै केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हिरालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्। उनीहरूले राजीनामा पत्रमार्फत पार्टी नेतृत्व तथा अध्यक्षको सुखद भविष्यको कामनासमेत गरेका छन्।
पुराना शैली र व्यक्तिहरूबाट अब देशको राजनीति अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै उनीहरूले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
पार्टी परित्यागको कारण स्पष्ट पार्दै महासचिव झाले मातृभूमिलाई सुहाउने वैचारिकी र बलियो अर्थराजनीतिको सहारा लिएर अघि बढ्नुपर्ने बताएका छन्।
उनीहरूले सामाजिक-सांस्कृतिक चेतनाका लागि अभियान चलाउने, राजनीतिक चेतनाका लागि सङ्घर्ष गर्ने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने रणनीति सार्वजनिक गरेका छन्।
विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि अबको यात्रा ‘हुंकार मधेस अभियान’ मार्फत अघि बढ्ने उनीहरूले स्पष्ट पारेका छन्।
सम्बन्धित समाचार
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा
काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रम, पुराना शैली र नेतृत्वबाट देश अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति...
जेनजी सांसदलाई सिंहदरबार बोलाइयो
प्रधानमन्त्री बालेन्द्र साहले 'जेनजी सांसद'हरूलाई छलफलमा बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मध्याह्न १२ बजे...
कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल
नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस आन्तरिक विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले कांग्रेसले विगतमा नेकपा एमाले दुई पटक विभाजन...




