KTM Post Logo
KTM Post Logo

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा

📰
KTM Post

काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रम, पुराना शैली र नेतृत्वबाट देश अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ (राष्ट्रिय मुक्ति पार्टी नेपाल) का नेता-कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।

परित्याग गर्ने नेता-कार्यकर्ताहरूले एक विज्ञप्ति जारी गर्दै निरन्तरका सङ्घर्ष र आन्दोलनबाट पनि जनताका न्यूनतम आवश्यकताहरू पूरा हुन नसकेको र सर्वसाधारणमा निराशा व्याप्त रहेको उल्लेख गरेका छन्।

‘जुनै जोगी आए पनि कानै चिरेका’ भन्ने भनाइ चरितार्थ भइरहेको स्थितिमा मातृभूमिलाई सुहाउने वैचारिकी र बलियो अर्थराजनीतिक आधारमा अघि बढ्नुपर्ने आवश्यकता उनीहरूले औँल्याएका छन्।

पार्टी छाड्ने समूहले सामाजिक-सांस्कृतिक चेतनाका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्ष गर्ने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने रणनीति सार्वजनिक गरेको छ।

औपनिवेशिकताको अन्त्यविना वास्तविक लोकतन्त्र र समृद्धि सम्भव नहुने आत्मसमीक्षा गर्दै उनीहरूले हालसम्म प्राप्त उपलब्धिमा योगदान पुर्‍याउने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्।

विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि अबको राजनीतिक यात्रा हुंकार मधेस अभियान’ मार्फत अघि बढाउने निर्णय उनीहरूले लिएका छन्।

समाजका विभिन्न क्षेत्रका सक्षम र योग्य व्यक्तित्वहरूलाई एकताबद्ध गरी शीघ्र विस्तृत योजनासहित सार्वजनिक हुने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ। पार्टी परित्याग गर्ने योद्धाहरूको नामावली विज्ञप्तिसँगै संलग्न गरिएको जानकारी दिइएको छ।

सम्बन्धित समाचार

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस 1

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग 1

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...

जेनजी सांसदलाई सिंहदरबार बोलाइयो 1

जेनजी सांसदलाई सिंहदरबार बोलाइयो

प्रधानमन्त्री बालेन्द्र साहले 'जेनजी सांसद'हरूलाई छलफलमा बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मध्याह्न १२ बजे...

कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल 1

कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस आन्तरिक विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले कांग्रेसले विगतमा नेकपा एमाले दुई पटक विभाजन...