KTM Post Logo
KTM Post Logo

जेनजी सांसदलाई सिंहदरबार बोलाइयो

📰
KTM Post

प्रधानमन्त्री बालेन्द्र साहले 'जेनजी सांसद'हरूलाई छलफलमा बोलाएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मध्याह्न १२ बजे उपस्थित हुन खबर आएको एक सांसदले जानकारी दिए । छलफलको विषयबारे भने खुलाइएको छैन । 

पछिल्ला दिन जेनजी आन्दोलनका शहीद परिवार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वबीच सार्वजनिकरुपमै आरोप प्रत्यारोप चलिरहेको छ । जेनजी दिवसको दिन बानेश्वरमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको प्रस्तुति र विवादित धर्म गुरुको सहभागितालाई लिएर रास्वपा सचेतक क्रान्तिशिखा धितालले प्रश्न उठाएपछि शुरु भएको विवाद संसदसम्म पुगेको छ ।

शहीद परिवारका सदस्यको तर्फबाट धितालमाथि आक्रमणको धम्की आएको भन्दै हिजोको प्रतिनिधिसभा बैठकमा उक्त पार्टीका महामन्त्री विपिन आचार्यले आपत्ति जनाएका थिए ।

सम्बन्धित समाचार

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस 1

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग 1

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा 1

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा

काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रम, पुराना शैली र नेतृत्वबाट देश अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति...

कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल 1

कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस आन्तरिक विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले कांग्रेसले विगतमा नेकपा एमाले दुई पटक विभाजन...