KTM Post Logo
KTM Post Logo

कांग्रेसले एमालेलाई दुई पटक फुटायो, तर हामी चाहन्छौँ कांग्रेस नफुटोस् : विष्णु रिजाल

📰
KTM Post

नेकपा एमालेका नेता विष्णु रिजालले नेपाली कांग्रेस आन्तरिक विभाजनको डिलमा पुगेको टिप्पणी गरेका छन्। उनले कांग्रेसले विगतमा नेकपा एमाले दुई पटक विभाजन गराएको उल्लेख गर्दै अहिले भने कांग्रेस नफुटोस् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।

‘कांग्रेसले एमालेलाई दुई पटक फुटायो। तर, हामी चाहन्छौँ– कांग्रेस नफुटोस्,’ रिजालले भनेका छन्।

रिजालले सामाजिक सञ्जालमार्फत २०५४ फागुन २१ गते तत्कालीन सभामुख रामचन्द्र पौडेलले महेन्द्रनगरबाट हेलिकोप्टर चढेर काठमाडौं आएर हतार–हतार नेकपा एमाले विभाजन गरी नेकपा माले दर्ता गराएको बताए।

त्यस्तै, २०७८ भदौ ९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल विभाजनका लागि आवश्यक सदस्य संख्या ४० प्रतिशतबाट घटाएर २० प्रतिशत कायम हुने गरी अध्यादेश जारी गरेको र त्यसपछि नेकपा (एकीकृत समाजवादी) गठन भएको उल्लेख गरेका छन्। उक्त अध्यादेश असोज ११ गते खारेज गरिएको पनि रिजालले बताए।

'२०५४ फागुन २१ गते सभामुख रामचन्द्र पौडेल महेन्द्रनगरबाट हेलिकोप्टर चढेर काठमाडौं आएर हतार–हतार नेकपा (एमाले) फुटाएर नेकपा (माले) दर्ता गरिदिनुभयो भने २०७८ भदौ ९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले ४० प्रतिशतबाट आधा घटाएर २० प्रतिशत सदस्य भए पार्टी फुटाउन पाउने अध्यादेश जारी गरेर एमाले फुटाइदिनुभयो र नेकपा (एकीकृत समाजवादी) गठन भयो, जुन अध्यादेश असोज ११ गते आफैँ खारेज गर्नुभयो,' उनले उल्लेख गरेका छन्।

रिजालले अहिले नेपाली कांग्रेस विभाजनको डिलमा उभिएको उल्लेख गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा जीवनको उत्तरार्द्धमा अलग्गै पार्टी बनाउने मनस्थितिमा रहेको दाबी गरेका छन्।

विगतमा देउवाले गठन गरेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) अन्ततः तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको नेपाली कांग्रेसमै समाहित भएको प्रसंग जोड्दै रिजालले अब छुट्टै पार्टी बनाएर देउवा कहाँसम्म अघि बढ्न सक्लान् भन्ने प्रश्नसमेत गरेका छन्।

'आज कांग्रेस विभाजनको डिलमा उभिएको छ। शेरबहादुर देउवा जीवनको उत्तरार्द्धमा अलग्गै पार्टी बनाउने मुडमा हुनुहुन्छ,' उनले भने, 'रगत–बखत भएको बेला बनाएको प्रजातान्त्रिक कांग्रेस त गिरिजाप्रसाद कोइरालालाई नै बुझाउनुपर्यो भने अब के पार लाग्ला र?'

सम्बन्धित समाचार

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस 1

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग 1

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा 1

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति त्याग्दै ‘हुंकार मधेस अभियान’ सुरु गर्ने नेता-कार्यकर्ताहरूको घोषणा

काठमाडौं। पछिल्ला राजनीतिक घटनाक्रम, पुराना शैली र नेतृत्वबाट देश अगाडि बढ्न नसकेको निष्कर्ष निकाल्दै राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति...

जेनजी सांसदलाई सिंहदरबार बोलाइयो 1

जेनजी सांसदलाई सिंहदरबार बोलाइयो

प्रधानमन्त्री बालेन्द्र साहले 'जेनजी सांसद'हरूलाई छलफलमा बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मध्याह्न १२ बजे...