KTM Post Logo
KTM Post Logo

लौहपुरुष गणेशमान सिंहको २९औं स्मृति दिवस आज मनाइँदै

📰
KTM Post

काठमाडौं। विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विविध कार्यक्रम गरी मनाउँदै छन्।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बनेका उनी आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह अस्वीकार गर्दै समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सार्ने नेता हुन्।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो। उनी प्रजा परिषद्को सदस्य बनेर राणाशासन हटाउने अभियानमा सक्रिय रूपमा लागेका थिए।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका उनी भारत पुगेर नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्धमा जोडिए। उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई नेतृत्व प्रदान गरे। प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र सङ्घर्षको नेतृत्वसमेत सम्हालेका थिए।

विसं २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका उनी २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा थुनिए।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजलबाट रिहा भएपछि उनले प्रवासमा पुगेर राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका उनी त्यसपछि निरन्तर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहे।

सम्बन्धित समाचार

वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ? 1

वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?

सुशील रेग्मीनेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ?..

ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ? 1

ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ?

नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण संकेत दिएको छ । भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझै कायम छ । तर दुवै देश टकराव घटाएर...

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस 1

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग 1

राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग

काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...