मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुनः स्थापना तथा विद्युत् आपूर्तिलाई नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित भ्रमण रद्द गरेका हुन् ।
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठुलो क्षति पुगेको तथा अझै पनि ठुलो संख्यामा मानिस सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु छ ।
साथै क्षतिग्रस्त ऊर्जा संरचनाको पुनः स्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने र विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण स्थगित गर्ने निर्णय लिए ।
मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो ।
उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो ।
सम्बन्धित समाचार
वाम शिल्प कि शून्य शिल्प : के खनालको पहलमा खुल्दैछ नयाँ ध्रुवीकरण ?
सुशील रेग्मीनेपाली वाम राजनीतिमा अहिले दुईवटा बहस समानान्तर छन् । एउटा, पुराना पार्टी र नेतृत्वलाई कसरी जोगाउने ?..
ब्रिक्सपछि बदलिँदो शक्ति सन्तुलन : भारत–चीन नजिकिँदा नेपाललाई के प्रभाव ?
नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले महत्वपूर्ण संकेत दिएको छ । भारत र चीनबीचको रणनीतिक प्रतिस्पर्धा अझै कायम छ । तर दुवै देश टकराव घटाएर...
भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
काठमाडौं । सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३...
राजेन्द्र महतोलाई धक्का: महासचिव झासहितका नेताहरूद्वारा पार्टी परित्याग
काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव कुमार झासहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले साधारण...




